माइडिया सुविधासम्पन्न ब्रिजलेस एसी बजारमा «

माइडिया सुविधासम्पन्न ब्रिजलेस एसी बजारमा

एयर एक्सपर्ट नेपालले माइडिया ब्रिजलेश इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गरेको छ ।
सो एसीको मुख्य विशेषता अत्याधुनिक प्रविधि तथा आधुनिक प्रविधिहरूको संयोजन रहेको कम्पनीको भनाइ छ । यसका साथै यो एसीले जम्मा ८० प्रतिशत बिजुली खपत गर्ने कम्पनीको दाबी छ ।
आकर्षक डिजाइनमा निर्माण गरिएको यो एसीले अन्य एसीबाट हुने जस्तो असहज चिसोपनको महशुस गराउँदैन । यो एसी कम वा उच्च–तापमान दुवै क्षेत्रमा प्रभावकारी रुपमा कार्य गर्न सक्षम हुनाले कुनै पनि कार्यालय, आवासीय तथा व्यावसायिक क्षेत्रको लागि अति उपयुक्त हुने कम्पनीको भनाइ छ ।
ट्विन फ्ल्याप प्रविधि, डुअल नानो–होल र एस–विङ साइड एयर भेन्टहरूले समान रूपमा हावा प्रवाह गर्ने भएकोले ४० सेकेन्डभित्र नै यसले सही तापमान समायोजन गर्छ । यसमा रहेको वाइफाई कन्ट्रोल विशेषताले स्मार्टफोन वा ट्याब्लेटबाटै एसी चलाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्