कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच सम्झौता «

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच सम्झौता

कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौतासँगै बैंकले खबर एक्सप्रेसका कर्मचारीलाई सरल तरिकाबाट बिनाधितो प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्