आइएमई पे र स्मार्ट क्यूआरबाीच सम्झौता «

आइएमई पे र स्मार्ट क्यूआरबाीच सम्झौता

आइएमई पे र एसिटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारी सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटका सम्पूर्ण आउटलेटमा आइएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
डिजिटलाइज नेपालतर्फसँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताको दायरालाई डिजिटल भुक्तानी विधितर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको जनाएका छन् ।
साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत अथवा अधिकतम तीन सय रुपैयाँसम्म प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम २५०० सम्मको छुट प्राप्त गर्न सक्ेन बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्