Logo

नवनियुक्त तीन मन्त्रीको शपथ

?????????? ?????????? ?????? ????????? ?????????? ???? ??? ???????? ???????????? ?????????????? ????, ????? ????????? ??? ?????????????? ??????? ???????? ???, ?? ??? ?????????????? ?????? ??????? ?? ??? ?????????? ??? ????? ??????????? ?????????? ?????????? ??????? ? ?????? ????? ???????, ????

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाएको हो ।
यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहाय प्रसाद यादव थिए ।

प्रतिक्रिया दिनुहोस्