रामदेव तेलद्वारा पुरस्कार वितरण «

रामदेव तेलद्वारा पुरस्कार वितरण

गणपति वनस्पतिले उत्पादत गरी बिक्री बितरण गर्दै आएको रामदेव तेलद्वारा विभिन्न योजनामा सहभागी विजेतालाई पुरस्कार वितरण गरेको छ ।
कम्पनीले उपभोक्तासँग अन्र्तक्रिया गर्ने उद्देश्यले लागु गरेको भ्यालेन्टाइन योजना, सेयर एण्ड बिन योजना तथा एन्सर एण्ड विन योजनमा सहभागी भई लक्की ड्रमार्फत छनौट भएकाहरुलाई पु्रस्कर वितरण गरेको हो ।

जस अन्र्तगत प्रतियोगितामा भाग लिई बिजेता भएका ६ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल, आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर १/१जनाले प्राप्त गरेका छन् ।
बिजेतालाई पुरस्कार वितरण रामदेव तेलका बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्