कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता «

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र काभ्रेको बनेपास्थित डेन्टल केयरबीच छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवामा विशेष छुट उपलब्ध हुनेछ । बैंकका ग्राहकले सो डेन्टल केयरका सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/ क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २० प्रतिशत तथा अर्थोडोन्टिक्सर डेन्टल इम्प्लान्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने विस्वास लिएको बैैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्