आइएमई जनरल र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता «

आइएमई जनरल र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सीका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई ग्यालेक्सी महाराजगन्ज काठमाडौँमा प्राप्त हुने सेवाहरु एक्सरे, यूएसजी, ईसीजी, इकोलगायतमा १० प्रसितशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त हुने कम्पनीले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्यालेक्सीसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्