सिटिजन्स बैंकका तीन शाखा विस्तार «

सिटिजन्स बैंकका तीन शाखा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौं जिल्लामा एकैसाथ तीन वटा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडांैको ठूलो भ¥याङ, बुढानिलकण्ठ थलीमा गरी थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । यससँगै काठमाडांै उपत्यकामा बैंकका ३२ वटा शाखा सञ्चालनमा रहेका छन् ।

सुविधा सम्पन्न शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्