Logo

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।
आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैरनाफामूलक संस्थालाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ । एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए । सो कार्यक्रममा श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरे ।

यो सहयोग भारत स्वतन्त्र भएको ७५औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरे । भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा अवस्थित संघ संस्थालाई ९ सय ४० वटा एम्बुलेन्स र १ सय ८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्