एयरपोर्ट र औद्योगिक क्षेत्रको काम अगाडि बढछ : मन्त्री चौधरी «

एयरपोर्ट र औद्योगिक क्षेत्रको काम अगाडि बढछ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले तुलसीपुरमा रहेको एयरपोर्ट र घोराहीमा औद्योगिक क्षेत्रको काम छिट्टै अगाडि बढने बताएका छन् । एयरपोर्ट सञ्चालन र उद्योग स्थापना भए जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । यस क्षेत्रको विकासका लागि एयरपोर्ट र औद्योगिक क्षेत्र आवश्यक रहेको बताए । “एयरपोर्टको विस्तार र औद्योगिक क्षेत्र स्थापना गर्नका लागि आफनोतर्फबाट लाग्ने छु,” मन्त्री चौधरीले भने । तुलसीपुरमा रहेको एयरपोर्टको धावनमार्ग विस्तारका लागि आवश्यक पर्ने बजेटको कमी हुन नदिनेसमेत उनले बताए । पैसाको व्यवस्था गर्नका लागि आफू लागिपर्ने मन्त्री चौधरीको भनाइ थियो । एरपोर्टको धावनमार्ग विस्तारका लागि करिब २७ करोड आवश्यक पर्नेमा अहिले दुई करोड बजेट विनियोजन भएको भन्दै त्यसले नपुग्नेसमेत उनले बताए । “एरपोर्ट सञ्चालन नहुँदासम्म यस क्षेत्रको विकास हुन सक्दैन,” उनले भने । त्यसैले एयरपोर्टको विस्तार गर्न लाग्नुपर्ने उनको भनाइ छ । “यसलाई प्राथमिकतामा राखेर अगाडि बढने छु,” मन्त्री चौधरीले भने ।
देशको पुरानो एयरपोर्टको रूपमा रहेको एयरपोर्टको विस्तार तथा नियमित सञ्चालन हुन नसक्नु दुःख कुरा भएको उनले बताए । तुलसीपुरमा ४२ सिटे प्लेट बसाउन कुनै समस्या नभएको समेत उनको भनाइ छ । “तुलसीपुर एयरपोर्टको काम साउन महिनामा रिजल्ट दिने गरी काम हुन्छ,” मन्त्री चौधरीले भने । अहिले नियमित रूपमा एयरपोर्ट सञ्चालन नहुँदा नेपालगन्ज तथा भैरहवा जानुपर्ने बाध्यता छ । बाहिर गएर प्लेन चढनु पर्दा आफूहरूलाई समेत लजास्पद हुने गरेको उनले बताए ।

 घोराहीमा औद्योगिक क्षेत्रको विकासका लागि आफू लाग्नेसमेत उनले बताए । “औद्योगिक क्षेत्र बनाउन मेरो ध्यान पुग्ने छ,” मन्त्री चौधरीले भने । औद्योगिक क्षेत्र निर्माणका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समयदेखि थालेको पहलका बारेमा आफू जानकार रहेकोसमेत उनको भनाइ थियो । “औद्योगिक हव निर्माण गर्न सकिएमा यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने छ,” मन्त्री चौधरीले भने । यस क्षेत्रको आर्थिक विकासका लागि कसरी अगाडि बढन सकिन्छ भनेर आफू विगतदेखि नै अध्ययन अनुसन्धान गर्दै आएको उनले बताए । औद्योगिक क्षेत्र बनाउनका लागि स्थानीय बासिन्दालाई बुझाएर अगाडि बढनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले संघको पहलमा निर्माण भएको बहुउद्देश्यीय सभा गृहको बाँकी रहेका कामका लागि पहल गरिदिन आग्रह गरे । संघले उठाउँदै आएका योजनालाई अगाडि वढाइदिन समेत उनको आग्रह थियो । संघका पूर्वअध्यक्ष चन्द्रराज पन्तले एयरपोर्टको विकास संस्कृत विश्वविद्यालय नियमित सञ्चालन, औद्योगिक क्षेत्रका काम र स्थास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा पहल गर्न आग्रह गरेका थिए । संस्कृत विश्वविद्यालय उद्देश्यअनुसार सञ्चलन हुनसक्ने वातावरण बनाउनु पर्ने उनले बताए । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले नाप तौलको कार्यालय राप्ती अञ्चलमै नहँुदा यय क्षेत्रका नागरिकले समस्या भोग्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्