नेपाली चलचित्र प्रसाद–२ निर्माण हुने «

नेपाली चलचित्र प्रसाद–२ निर्माण हुने

नेपाली चलचित्र प्रसाद–२ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ । फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलका रूपमा निर्माण हुन लागेको हो । सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवास थापाले निर्माण गर्न लागेका हुन् । कार्यक्रममा बोल्दै नायक विपिन कार्कीले प्रसादको साँखलाई जोगाउने गरेर फिल्म बन्नेमा आशावादी रहेको बताए । उनले दर्शकलाई फिल्मले निराश नबनाउने प्रतिबद्धता जनाए । उनले सञ्चारमाध्यममा पारिश्रमिक नमिल्दा फिल्ममा काम गरेन भन्ने आरोप लागे पनि त्यो सत्य नभएको र अन्य फिल्महरुको समय र आउने फिल्मको समय एकैपटक हुँदा काम गर्न नसकेको बताए । त्यस्तै कार्यक्रममा नायिका नम्रता श्रेष्ठले प्रसाद २ झनै राम्रो हुनेमा विश्वस्त रहेको बताए ।

फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्