छट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैनः राष्ट्रपति «

छट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैनः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताएकी छन् ।
शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताएकी छन् । उनले सरकारको १५ औं पञ्चवर्षीय योजनामा विषय आइसकेको उनले हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताइकी हुन् । राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरुको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानूनी जनशक्ति विकास गर्न पर्याप्त नहुने देखिन्छ । मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरुको सामना गर्नसक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै अघि लैजान अति आवश्यक छ । यस विषयमा सरकार र सरोकारवाला निकायहरुले समयमै गम्भीरतापूर्वक विचार गर्दै मुलुकमा कानुन विषयको अध्ययन, अध्यापन र अनुसन्धानलाई अझै उन्नत, बनाउन कानुन विश्व विद्यालयको अवधारणामा पनि पर्याप्त छलफल र बहस सुरु हुने अपेक्षा लिएकी छु । नेपाल सरकारको १५ औँ पञ्चवर्षी योजनामा यो विषय आइसकेको हुँदा यसलाई स्थापना गर्नको लागि कुनै कठिन कानुनी समस्या हुन्छ जस्तो मलाई लाग्दैन ।’
राष्ट्रपति भण्डारीले कानुन शिक्षालाई समय सापेक्ष, व्यावहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानु आवश्यक रहेको बताइन् । कानुनी शिक्षा नै कानुनी शासन स्थापनको आधार भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्