थाई स्माइलको काठमाडौं बैंकक उडान सुरू «

थाई स्माइलको काठमाडौं बैंकक उडान सुरू

थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैंककसम्मको हवाई उडान सेवा सुचारु गरेको छ । १७ असारदेखि सो एयरवेजले काठमाडौं–बैंकक दुईतर्फी हवाई सेवा प्रारम्भ भएको हो ।
सोही मितिदेखि दैनिक रुपमा काठमाडौं–बैंकक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजको योजना रहेको छ । यस रुटका लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ । जसमा अन–बोर्ड मिल सर्भिस पनि रहेको कम्पनीले जनाएको छ । थाई स्माइलले थाइल्यान्डको फुकेट र पटायालगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज इन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दै आएको छ ।

आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्