सानिमा बैंकको शाखा काठमाडौंको नेपालटारमा «

सानिमा बैंकको शाखा काठमाडौंको नेपालटारमा

सानिमा बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार सुरुवात गरेको छ ।
उक्त शाखाको वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र यस बैंकका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार श्रेष्ठ र बैंकका सञ्चालक गायत्री थापाले काठमाडौंको नेपालटारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्