मध्यपूर्वको शीर्ष ३० सेफमा श्रेष्ठ छनोट «

मध्यपूर्वको शीर्ष ३० सेफमा श्रेष्ठ छनोट

नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० सेफमा छनोट भएका छन् ।
क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्दछ ।
क्याटरर मिडल इष्टले यस वर्ष हामी ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने सेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन् । २८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक व्यवसायी राजेशबाबु श्रेष्ठका छोरा हुन् । उनी हाल ब्यागेटेल दुबईमा सु सेफका रुपमा कार्यरत छन् ।

ब्यागेटेल दुबई सेफ टोलीका अनुसार राहुल श्रेष्ठ प्रयोग गर्न डराउँदैनन् । उनले ब्यागेटेलको परम्परा, स्वाद र इतिहासलाई पनि सम्मान गर्दै नयाँ प्रचलनहरू सहित सन्तुलित मेनु बनाउन मद्दत गर्दछन् ।
क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ सेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी सेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्