निगमले मनायो ६४औं वार्षिकोत्सव «

निगमले मनायो ६४औं वार्षिकोत्सव

नेपाल वायुसेवा निगमले ६४औं वार्षिकोत्सव मनाएको छ । निगमका महाप्रवन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले निगममा रहेका चुनौतीहरुको सामुहिक प्रयासमार्फत समाधान गर्नतर्फ लाग्नुपर्ने बताए ।
उनले नयाँ काम थाल्नेतिर भन्दा पहिलो चरणमा पुराना योजना पूरा गर्नतर्फ निगमले प्रयास थालेको बताए । निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने बताए । उनले संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउनेतर्फ निगमको प्रयास रहने बताए ।

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तर कर्पोरेट फुटसल प्रतियोगितामा प्रथम भएकोमा निगमका खेलाडीलाई महाप्रवन्धक ज्वारचनले सम्मानपत्र प्रदान गरे । उनले सूचना सञ्चार तथा प्रविधिमा संसारले मारेको फड्कोसँगै निगमले वार्षिकोत्सवको उपलक्ष्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नयाँ वेवसाइटको सुरुवात गरेका छन् । यसमार्फत निगमको अनलाइन टिकट बुकिङ गर्न सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्