माछापुच्छ«े बैंकको शाखा धादिङको सिम्ले बजारमा «

माछापुच्छ«े बैंकको शाखा धादिङको सिम्ले बजारमा

माछापुच्छ«े बैंकले धादिङ्ग जिल्लाको सिम्ले बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो ।
१६५औँ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्व प्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य एवं माछापुच्छ«े बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालको पनि उपस्थिति थियो । धादिङ जिल्लामा खोलिएको नयाँ शाखासँगै यस जिल्लामा मात्रै बैंकका ४ वटा शाखा सञ्चालनमा छन् ।
माछापुच्छ«े बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिण्ज्ञठण् सेवाको पहुँचका लागि नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ । नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्