मञ्जुश्री फाइनान्सको शाखा हेटौडामा «

मञ्जुश्री फाइनान्सको शाखा हेटौडामा

मञ्जुश्री फाइनान्सले हेटौडा उपमहानगरपालिका–४ स्कूल रोडमा आफ्नो २६ औं शाखा उद्घाटन गरेको छ ।
फाइनान्सकी अध्यक्ष इन्दिरा पण्डित घिमिरेले सो शाखा कार्यालयको उद्घाटन गरिन् । २०७८ साल जेठ मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले १०.९६ अर्ब निक्षेप संकलन गरी १०.९३ अर्ब कर्जा परिचालन गरेको छ ।

यसका साथै फाइनान्सले विप्रेशण, मोवाइल बैकिङ, इन्टरनेट बैकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्