बैंक अफ काठमाण्डू र युरोपा फिटनेसबीच सम्झौता «

बैंक अफ काठमाण्डू र युरोपा फिटनेसबीच सम्झौता

बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टरबीच छुट दिने सम्झौता भएको छ । ललितपुरको ग्वार्काेमा रहेको युरोपा फिटनेस सेन्टर र बैंकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरूलाई २५ प्रतिशत छुट पाउनेगरी सम्झौता भएको बैंकले जनाएको छ ।

उक्त छुटको उपयोग गर्नको बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्