सरकारले किसानलाई ढाँट्यो : अध्यक्ष ओली «

सरकारले किसानलाई ढाँट्यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि किसानका लागि मल ल्याउने प्रबन्ध नगरेको बताएका छन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको रोष्टममा उभिएर किसानलाई मलको तत्काल आपूर्ति गर्ने मिठो कुरा गरेपनि त्यसबारे कुनै प्रबन्ध नगरेको बताए । अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा उनले कहीँ पनि प्रबन्ध नगरेपछि किसानले कसरी मल पाउँछन ? भनि सरकारलाई प्रश्न गरे ।
सरकारले किसानलाई अलमल्याउने, छक्याउने काम गरिरहेको भन्दै अध्यक्ष ओलीले यस सरकारबाट कृषि क्षेत्रको उत्थान हुनै नसक्ने दावी गरे । अध्यक्ष ओलीले मलको अभाव हुन नदिन सरकारले बेलैमा आवश्यक व्यवस्था गर्न नसकेको पनि दोहो¥याए ।
अध्यक्ष ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले राजीनामा दिनुपर्ने बताए । उनले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न गरे । उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश व्यक्त गरे । उनले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्ने बताए ।
“मल पाउँदैन, तपाईहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई” उनले भने, “दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ? अनि मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री बनाएको मन्त्री भएर भत्ता खाउ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर, विउविजन देउ समयमा भनेर, उन्नत जातको विउविजन देउ भनेर, कृषिको आधुनिकीकरण गर भनेर, कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व बढाऊ भनेर होकि ?
अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्बको चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उनले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताए । अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आधारित भएको देशमा खाद्यन्नमा आत्मनिर्भर हुन नसक्नु दुखद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्