चीनसँगको व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह «

चीनसँगको व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेको छ ।
राजदूत श्रेष्ठसँग भएको भेटका क्रममा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए ।
नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्नेमा उनले जोड दिए । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाई नेपाल चीन व्यापार सहजीकरणका लागि कृयाशिल बनाउनु पर्ने अध्यक्ष मल्लले बताए ।

नेपाल र चीनबीच केरुङ भएर हुने व्यापारमा अनावश्यक खर्चहरु आयातकर्ताले व्यहोर्नु परेकोले व्यावसायीक लागत अत्यधिक रुपले बढ्न गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण गराए । सीमानाकामा हुने अनावश्यक खर्चलाई हटाउन र भन्सार तथा परिवहन प्रकृयालाई सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । चिनियाँ नागरिकहरुको विश्व भ्रभण गर्ने प्रवृति बढ्दै गएको सन्र्दभमा त्यसको फाइदा नेपालले पनि लिन सक्नुपर्ने अध्यक्ष मल्लको भर्ना छ ।
नेपालको पूर्वाधार बिकासमा चिनियाँ लगानी भित्र्याउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरे । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रविधि हस्तान्तरणको लागि पहल गर्नसमेत अध्यक्ष मल्लले जोड दिए ।
नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्बन्धलाई उच्चस्तरमा पु¥याउन अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजीकरण गरी नेपालमा उत्पादित वस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्