धनकुटामा बजार अनुगमन «

धनकुटामा बजार अनुगमन

धनकुटामा स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, घरेलु तथा साना उद्योग कार्यलय, उद्योग वाणिज्य संघ धनकुटा र उपभोक्ता हक हित संरक्षण समितिले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरीएको छ । धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ४० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरीएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत हरिगोपाल कर्मचार्यले जानकारी दिए ।

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । धनकुटाका नगर र गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्