चट्याङ पर्दा हलगोरु मरे हली प्रतिष्ठान जुम्लामा उपचार हँुदै «

चट्याङ पर्दा हलगोरु मरे हली प्रतिष्ठान जुम्लामा उपचार हँुदै

अबिरल वर्षासँगै आएको चट्याङ पर्दा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँका कृषक ज्ञानबहादुर सेजुवाल घाइते हुँदा कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा उपचार भै रहेको छ भने खेतमा जोत्न तयार पारिएका एक हल गोरु मरेका छन् ।

बुधबार दिउँसो खेद जोत्दै गर्दा एक्कासि परेकोे अबिरल वर्षासहित चट्याङ पर्दा सेजुवाल घाइते भएका र सँगै रहेका एक हल गोरु मरेको छायाँनाथ रारा नगरपालिका–६ का वडाअध्यक्ष खेमबहादुर रावलले जानकारी दिएका छन् ।
वडा अध्यक्ष रावलका अनुासर हेरका वर्ष यस क्षेत्रमा चैत, वैशाख, जेठ असार महिनामा यस्ता चट्याé पर्दा मानवीय र पशुचौपाएको हरेक वर्ष क्षेत्री हुने गरेको हुँदा सबै स्थानीय नागरीकहरुलाई दैबिक प्रकोपबाट बच्न र बचाउनकालाई तत्पर रहनुका साथै सजक रहनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्