Logo

धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थबाट टाढै रहौं

मानिसहरूको मृत्युको प्रमुख कारण भनेकै धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थको अत्यधिक सेवन हो । विभिन्न सञ्चारमाध्यममा हामी सुन्छौं, नेपालको जनसंख्याको करिब २० प्रतिशतले धूम्रपान तथा मद्यपानको सेवनले ज्यान गुमाउनुपरेको अवस्था छ । अहिलेको आधुनिक युगसँगै बढ्दो पश्चिमेली विकृतिसँगै विभिन्न पार्टी, भोजभतेर शुभ उत्सवलगायतजस्ता कार्यक्रम हुँदा विभिन्न रक्सी, बियरजस्ता मद्यपान राख्ने चलन बढेको देखिन्छ ।
तपाईं–हामी कुनै समीक्षा गर्न सक्छौं, फलानोको विवाह छ आज ककटेल पनि छ, रमाइलो हुन्छ । कुनै कार्यालयको उद्घाटन होस् या कुनै वार्षिकी होस्, त्यहाँ यसो ड्रिंक्सको पनि व्यवस्ता छ÷छैन लगायत विभिन्न तर्कवितर्क गर्ने गर्छौं । तर, समयअनुसार मानिसहरूले पनि भन्ने गर्छन्— आज मौसमले च्यालेन्ज ग¥यो, जाऊँ यार हल्का पिउन, रमाइलो हुन्छ ।
के मद्यपानले मात्र विभिन्न कार्यक्रमको शोभा बढाउँछ त ? हो, हाम्रो समाजमा ठीक अहिले यसैको बढ्दो प्रयोग भइरहेको अवस्था छ । यसको प्रयोगसँगै विकृति पनि दिनानुदिन बढिरहेको देखिन्छ । चोरी–डकैती, झैझगडा, बलात्कारलगायत जघन्य अपराधले ठूलो रूप लिँदै आउने देखिन्छ । सरकारका तर्फबाट पनि यसको नियन्त्रण हुनु जरुरी देखिन्छ । मानिसहरूले विभिन्न कारणले गर्दा मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्छन्, कसैको घरायसी कारणले, कसैले खराब साथीहरूको संगतले, कसैले आर्थिक अभावको कारणले पनि विभिन्न बहानामा पिउने तथा सेवन गर्ने गर्छन् ।
तर, यसले पछि ठूलो रूप लिन्छ । लगातार धूम्रपान तथा मद्यपानको सेवनले एक किसिमको लत बस्नु त छँदै छ, यसले पछि छोड्न धेरै गा¥हो बनाउने हुन्छ । बानी बस्दै जाँदा शरीरमा विभिन्न किसिमका रोग निस्कनुका साथै अत्यधिक सेवनले मानिसको मृत्युसमेत हुने गरेको छ । यस्ता सेवनले देशभित्र धेरै मानिसको मृत्यु भएको सुनिन्छ । चिनी धेरै खाए तीतो हुन्छ भनेझंै यो अत्यधिक सेवन गरे परिणाम मृत्यु हुन्छ । सकभर मद्यपान खाँदै नखाएको धेरै राम्रो । कहिलेकाहीं सेवन गर्दा कतिपय रोगको समेत निको हुने गरेको विभिन्न मानिसको तर्क छ ।
धूम्रपानको सेवनले पछि फोक्सोमा अल्सर उत्पन्न हुन्छ, मद्यपानको सेवन गर्दा पछि शरीरको विभिन्न भागमा नकारात्मक असर पु¥याउँछ भने सुर्तीजन्य पदार्थको सेवनले मुखमा क्यान्सरसमेत हुने गरेको देखिन्छ र मानिसहरूको अकालमा मृत्युसमेत हुन्छ । सुर्तीजन्य पदार्थको बट्टामा हानिकारक चित्रको तस्बिरसहित वर्णन गरिएको छ । जुन चिज स्वास्थ्यका लागि हानिकारक छ भनेर प्रस्टसँग लेखिएको छ, त्यसैमा मानिसहरूले बढी सेवन गर्छन् ।
यो कस्तो अवस्था सिर्जना भएको ? धेरै मानिसको सोचाइ के हुन्छ भने बरु मरिन्छ, तर लागेको बानी छाड्न सकिन्न । तर, छोड्न चाहे मानिसहरूले पक्कै छोड्न सक्छन् । धेरै सेवन गर्ने गरेको छ भने मात्रा मिलाएर सकभर थोरै सेवन गर्नुपर्छ । हो, निकोटिनलाई हटाउन धेरै समय लाग्छ तर बिस्तारै विभिन्न वस्तुतिरको ध्यानमा केन्द्रित गर्न सकिन्छ । तर, यसैको सेवनमा निरन्तर लाग्नु भनेको किमार्थ राम्रो होइन ।
यसको निरन्तर सेवन गर्नाले परिवार बिग्रन्छ, साथीभाइ, इष्टमित्र बिग्रन्छन्, समाजमा नकारात्मक असर गर्छ, भएको इज्जत पनि जान्छ र अन्त्यमा मृत्युुसमेत हुन्छ । त्यसैले आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरू ! मद्यपान, धूम्रपान र सुर्तीजन्य पदार्थबाट हामी सधैं टाढा बस्ने गर्नुपर्छ । एउटा चुरोट किन्ने पैसाले बालबालिकालाई कापी किन्न पुग्छ भने एउटा बिएर किन्ने पैसाले घरमा तरकारीहरू किन्न पुग्छ । त्यसैले आजैबाट धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थबाट टाढै रहौं । धार्मिक कथनअनुसार जीवन अमूल्य छ, चौरासी लाख जुनी फेरिएपछि मात्र बल्ल–बल्ल मानिसको जुनि पाइन्छ । त्यसैले बाँचुन्जेल सबैसँग हाँसीखुसी गरी जीवनलाई रंगीन बनाउँदै लानुपर्छ ।
सरकारका तर्फबाट पनि गाउँगाउँका बस्तीहरूमा धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढै रहांै भन्ने खालका प्रचारप्रसार गर्नु जरुरी देखिन्छ भने यस्ता वस्तुहरूमा राज्यले बढी कर लिनुपर्छ । सरकारले तोकेको मापदण्डअनुसार बिक्री–वितरण गर्नुपर्छ र व्यवसायलाई मर्यादित बनाउनुपर्छ ।
—गोविन्द चापागाईं

प्रतिक्रिया दिनुहोस्