चुरे क्षेत्रको विनाशलाई जोगाऔं «

चुरे क्षेत्रको विनाशलाई जोगाऔं

{“caption”:”u0909u0926u092fu092au0941u0930u0915u094b u091au094cu0926u0923u094du0921u0940u0917u0922u0940 u0928u0917u0930u092au093eu0932u093fu0915u093eu2013u096c u0938u094du0925u093fu0924 u091au0941u0930u0947 u0915u094du0937u0947u0924u094du0930 u0964 u091au094cu0926u0923u094du0921u0940u0917u0922u0940u0915u093e u0938u093eu0925u0948 u091cu093fu0932u094du0932u093eu0915u093e u0915u091fu093eu0930u0940, u0924u094du0930u093fu092fu0941u0917u093e u0930 u092cu0947u0932u0915u093e u0928u0917u0930u092au093eu0932u093fu0915u093e u0915u094du0937u0947u0924u094du0930u092eu093e u0905u0935u0948u0927 u0909u0924u094du0916u0928u0928 u0930 u0928u093fu0915u093eu0938u0940 u092cu0922u0947u0915u094b u091b u0964 u0924u0938u094du092cu093fu0930 : u0921u093fu0932u094du0932u0940u0930u093eu092e u0916u0924u093fu0935u0921u093e/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

करिब ४ करोड वर्षपहिले हिमालयको उत्पत्तिका क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाडलाई नै चुरे श्रृंखला मान्न सकिन्छ । पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट पनि चिनिन्छ । विशेषतः नेपालमा पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्म करिब ३७ वटा जिल्लामा चुरे क्षेत्र फैलिएको छ । कुल भू–भागको १२ दशमलव ७८ प्रतिशत भू–भाग चुरे क्षेत्रमा पर्छ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रूपमा चुरे पहाड रहेको छ । चुरे क्षेत्रभित्र चुरे पहाडका साथै चुरे पहाडभित्र नदीले बनाएका खोँच तथा भित्री मधेसहरू पर्छन् । चुरे क्षेत्रमा मुख्यतया बलौटे ढुंगा, माटे ढुंगा र संगुटिया पाइन्छन् र यी चट्टानहरू पूरै खँदिलो भइनसकेको हुनाले क्षयीकरण हुने अवस्थामा छन् ।
सामान्यतया पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको मानिन्छ । संवेदनशील भएर नै हुनुपर्छ, चुरे क्षेत्र बिस्तारै मासिँदै गएको छ । यस क्षेत्रमा खुकुलो र कमलो माटो हुनाले वर्षायाममा आक्रामक हुने नदी, खहरे, खोल्साखोल्सीले चुरे विनाशतर्फ धकेलिरहेको अवस्थामा छ । चुरे क्षेत्रको बिग्रँदो वातावरणीय अवस्थाले गर्दा चुरे तराई–मधेस भू–परिधिमा पारेको प्रतिकूल प्रभावप्रति संवेदनशील भई नेपाल सरकारले आर्थिक वर्ष २०६६÷०६७ मा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको स्थापना भई कार्यक्रम कार्यान्वयन सुरुवात गरेको हो ।
जलवायु परिर्वतन तथा जल उत्पन्न प्रकोपको असरले प्रत्यक्ष रूपमा मानव समुदायमा असर पर्दै गइरहेको छ । समयमा वर्षा नहुने, यदि भए तापनि अतिवृष्टि, अनावृष्टिको समस्याले प्राकृतिक पानीको स्रोत नाश हुने अवस्थामा पुगिसकेको छ । यस्ता समस्यालाई समयमा नै निराकरणका उपाय नअपनाउने हो भने आगामी दिनमा यसको असरले विकराल अवस्था नलेला भन्न सकिन्न, जसका निमित्त नागरिकले सचेतनात्मक कार्यक्रम सञ्चालनमा थप जोड दिनु जरुरी छ । मानिसकै कारण प्राकृत्तिक विपत्ति बारम्बार दोहोरिरहेको छ । जथाभावी वनजंगल फँडानी, अव्यवस्थित चरिचरण, आगलागीका घटना तथा बढ्दै गएको अव्यवस्थित सहरीकरण यसका प्रमुख कारक तŒवहरू हुन् । यिनै मानव सिर्जित अव्यवस्थित क्रियाकलापहरूको व्यवस्थापनमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले महŒवपूर्ण भूमिका निर्वाह गरिरहेको त छ, तर पूर्ण रूपमा सफल हुन सकिरहेको छैन ।
चुरे पहाड, भित्री मधेस र तराई–मधेसमा जल उत्पन्न प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका साथै वातावरणीय सेवा प्रवाहको निरन्तरता दिने मुख्य उद्देश्य रहेको छ । प्रदेश नं. २ मा अधिकांश तराईका जिल्लाहरू पर्छन् । यसको मतलब यी जिल्लाहरू चुरेसँग जोडिएका छन् । यहाँ वर्षायाममा नदी कटान, भूक्षयजस्ता समस्याले बर्सेनि सताइरहेको हुन्छ । झन् यो वर्षको वर्षा सामान्य समयभन्दा अगावै भित्रिँदा निरन्तर परेको पानीले चुरे क्षेत्रमा बढी क्षति पुगेको छ । बर्सेनि चुरे दिवस मनाइरहँदा ती कार्य दिवसमा मात्रै सीमित रहने देखिन्छ । ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल नारालाई मध्येनजर गर्दै चुरे बचाउन सबैको हातेमालोको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्