यती एअरलाइन्सको टिकट भाइबारबाटै किन्न सकिने «

यती एअरलाइन्सको टिकट भाइबारबाटै किन्न सकिने

यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको छ। भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने एयरलाइन्सले जनाएको छ ।
यात्रुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । हाल यती एअरलाइन्सको टिकट मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई–सेवा र खल्ती मार्फत् उपलब्ध छ, अब भने यात्रुहरुले भाइबरमार्फत् पनि टिकट लिन सक्नेछन् ।

यात्रुहरुले सकेसम्म छिटो र सरल तरिकाले यती एअरलाइन्सको टिकट भाइबरबाट लिन सक्नेछन् । हाललाई यो सेवा मेसेज मात्र पठाउन मिल्ने गरी सुरु गरिएको छ, केही समयपश्चात् कल पनि गर्न मिल्ने व्यवस्था मिलाउने यती एअरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्