स्टार्टअप वल्र्डकप नेपाल २२ असारमा «

स्टार्टअप वल्र्डकप नेपाल २२ असारमा

स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रिय प्रतिष्पर्धा २२ असारमा हुने भएको छ ।
विश्वका ७० देशमा हुने प्रतिष्पर्धा नेपालमा पहिलो पटक भौतिक रुपमा हुन लागेको स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाएको छ ।
गत वर्ष कोभिड महामारीका कारण सरकारले जारी गरेको लगडाउनले गर्दा स्टार्टअप वल्र्डकपको नेपाल क्षेत्रीय प्रतिष्पर्धा अनलाइन गरिएको थियो । प्रतिष्पर्धाको फाइनलमा पुगेका विभिन्न १० उत्कृष्ट स्टार्टअपहरुले नेपालको फिनालेमा भाग लिन पाउने आयोजकले जनाएका छन् । फाइनलमा पुगेका टप १० मध्येबाट विजेता १ जना कालिफोर्नियाको सिलिकन भ्यालीमा हुने फाइनलमा सहभागी हुन पाउने छन् ।

अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वल्र्डकपको सुरुवात गरेको हो । विकसित देशहरु सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वल्र्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपाल मार्फत वल्र्डकप नेपालमा भित्र्याएको हो ।
स्टार्टअप वल्र्डकपको नेपाल रिजनल कम्पिटीसनलाई सिईओ क्लब ग्लोबलले टाइटल स्पोन्सर गरेको छ भने एनआइसी एसिया बैंकले इन्नोभेटिभ बैंकिङ पार्टनरका रुपमा प्रायोजन गरेको छ । अमेरिकामा हुने ग्लोबल फिनालेमा विजयी हुने स्टार्टअपले १३ करोड नेपाली रुपैया बराबर लगानी पुरस्कार पाउने स्टार्टअप वल्र्डकपले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्