एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना «

एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना

एनआईसी एसिया बैंकले ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
बैंकले १२ असारदेखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदरसहितको नवीनतम व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यास ग्राहकलाई लक्षित गरी उक्त निक्षेप योजना ल्याएको बैंकले जनाएको छ ।

छोटो अवधिसम्म लागू हुने निक्षेप योजनामा निक्षेपकर्ताले पाँच वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्