आइएमई जनरल र काठमाडौं प्याथ ल्याब सेन्टरबीच सम्झौता «

आइएमई जनरल र काठमाडौं प्याथ ल्याब सेन्टरबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरमा प्राप्त हुने सबै किसिमका सेवामा छुट प्राप्त हुने संस्थाले जनाएको छ । आइएमई जनरलका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं प्याथ ल्याब र डाइग्नोस्टिक सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरू आइएमई जनरलबाट सहजरूपमा प्राप्त गर्न सक्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्