गरिमा विकास बैंकको ट्राफिक प्रहरीलाई सहयोग «

गरिमा विकास बैंकको ट्राफिक प्रहरीलाई सहयोग

गरिमा विकास बैंकले ट्राफिक प्रहरी वृत्तलाई जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो न्युरोड शाखाको समन्वयमा ट्राफिक प्रहरी वृत्त जनसेवा न्युरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको जानकारी दिएको छ । बढ्दो ट्राफिक समस्या तथा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न ट्राफिक जनचेतनामूलक सामग्री अति नै उपयोगी हुने विश्वास बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्