‘स्टडी इन इन्डिया एक्स्पो’ काठमाडौंमा सुरु «

‘स्टडी इन इन्डिया एक्स्पो’ काठमाडौंमा सुरु

अफेयर्स नेपालको आयोजनामा काठमाडौंको होटल ¥याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ । बिहीवारदेखि सुरु भएको ेदुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहेको छ ।
एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सका बारेमा जानकारी प्रदान गरिने आयोजकले जनाएको छ । नेपाली विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो ।

शैक्षिक मेलामा नयाँ पाठ्याक्रम, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइनेछ ।
मेलामा तीन हजार विद्यार्थीले अवलोकन गरी भारतमा नाम चलेका विश्वविद्यालयहरुका बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपालका प्रवन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्