भारतीय राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस «

भारतीय राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

ओहोदाको प्रमाणपत्र पेस गरेपश्चात राजदूत श्रीवास्तवले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश पढेर सुनाएका थिए । राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे । साथै उनले दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । श्रीवास्तव नेपालका लागि भारतका २६औं राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस्