सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न «

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

सिप्रदी ट्रेडिङ र सिप्रदियन सहायता संस्थाको सहकार्यमा १ देखि ९ असारसम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
देशभरी रहेका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८ सय ९५ जना टाटा कमर्सियल गाडीका चालक सहभागी भएको कार्यक्रमा बिएस–४ प्रविधिसम्बन्धि छलफल भएको थियो ।

साथै, सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकले के–कस्ता कुरामा ध्यान दिँदा गाडीको कार्य क्षमता वृद्धि गर्न सकिन्छ, गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुँदैन भन्नेविषयमा तालिम दिइएको थियो । त्यसैगरी गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदि कुरा तालिममा समेटिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्