प्रभु बैंक र फोकस वान पेमेन्टबीच सम्झौता «

प्रभु बैंक र फोकस वान पेमेन्टबीच सम्झौता

प्रभु बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई मोको डिजिटल वालेटमार्फत विद्युतीय भुक्तानी गर्न मिल्नेछ ।
सम्झौतापत्रमा बैंककी सञ्चालन अधिकृत रश्मि पन्त र फोकस वानका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।


मोको वालेटमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम नेप्सको सहकार्यमा आफ्नो भिसा डेविट तथा क्रेडिट कार्ड लिंक गरेर युटिलिटी बिल तिर्न, वस्तु तथा सेवा खरीद वापतको बिल भुक्तानी गर्न, हवाई टिकट खरीद गर्न र मोबाइल टपअप गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकका अनुसार स्क्यान टु पे÷क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्