एनएमबी बैंक र टानबीच सम्झौता «

एनएमबी बैंक र टानबीच सम्झौता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवालाई प्राथमिकता दिन समझदारी भएको छ ।
सो समझदारीमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुबबहादुर सुवेदीबीच हस्ताक्षर भएको छ ।

समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबी बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्यूआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गर्दै आएको जनाएको छ ।
यी सेवामार्फत टानका सदस्यलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिएको बैंक्ले जनाएको छ । बैंकले ग्राहकलाई डिजिटल कारोबारको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्