‘नबिल हरित सप्ताह’ मनाइँदै «

‘नबिल हरित सप्ताह’ मनाइँदै

‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको छ ।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवद्र्धन् एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यले २०७८ धान दिवसको दिन दिगो बैंकिङ सुरु गरिएको थियो ।
एक वर्षमा नबिल बैंक मात्र नभएर नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको बैंकले जनाएको छ । आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आएकोमा हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ ।
बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६००० महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।

यसै गरी ‘नबिल दिगो बैंकिङ’का उद्देश्यहरू मध्ये वातावरण र सामाजिक सरोकार र सम्र्बधन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ । तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमहरूलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनहरू अन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ ।
नबिल बैंकले सन् २०१८ देखि नै १ करोडभन्दा बढी ऋण सुविधा लिने र कमर्सियल लिजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्समध्ये कुनै पनि सुविधा प्राप्त गर्ने ग्राहकरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ (ईएसडीडी) सञ्चालन गरिरहेको बैंकले बताएको छ ।
यसका अतिरक्त ’नबिल दिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो नबिल ग्रिन विक १५ असारबाट सुरु गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्