कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता «

कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

कुमारी बैंक र कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालबीच सेवाहरुमा छुट प्रदान गर्ने समझदारी भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, अम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।


यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त छ । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४५ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ ।

प्रतिक्रिया दिनुहोस्