ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको शाखा «

ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको शाखा

ज्योति विकास बैंकले ललितपुरको टिकाथलीमा नयाँ शाखा विस्तार गरी औपचारिक उद्घाटन गरेको छ ।
बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवा सहज रूपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सो शाखाको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।


नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यूआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा सञ्चालन हुने जनाएको छ । त्यसैगरी निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।
शाखा विस्तारसँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्