बाघको आक्रमण र व्यवस्थापन «

बाघको आक्रमण र व्यवस्थापन

वनजंगलको महिमा ठूलो रहे तापनि त्यही वनमा आश्रित जंगली जनावरको आक्रमणले घातक बनाइरहेको छ । विशेष गरी तराईका विभिन्न भाग तथा पहाडी जिल्लाहरूमा बाघ, हात्ती, गैंडाको आक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा विभिन्न प्रजातिका बाघहरू पाइन्छ । बाँके, बर्दियामा तीन वर्षको अवधिमा बाघको आक्रमणबाट झन्डै ३० भन्दा बढीको ज्यान गएको छ । बाघको आक्रमण बर्दियाका अतिरिक्ति अन्य राष्ट्रिय निकुञ्ज क्षेत्रवरिपरिका बासिन्दालाई डरमर्दो बनाउँदै गइरहेको छ । बाघको संख्या वृद्धि भएर बाँके र बर्दियामा मात्र होइन, अन्य संरक्षित क्षेत्र बाहिर पनि बाघ आक्रमणबाट घट्ना भइरहेका छन् ।
आहाराको खोजीका लागि बाघ निकुञ्जबाहिर निस्कने हुँदा पहिलो निसानामा मानिस पर्न थालेको छ । यसकारण निकुञ्जवरपरका स्थानीयमा डर–त्रास फैलिएको छ । मान्छे र घरपालुवा चौपायाको सजिलो सिकारमा बाघ पल्किन थालेको छ । बाघ आक्रमण सामान्य घटना बनिसकेको छ तर जोगिनुपर्ने आजको आवश्यकता छ । मानिस र घर पालुवा जनावरको सिकारमा बाघ पल्कनु भनेको मानवका लागि मात्र होइन, बाघकै लागि पनि खतराको विषय हुन्छ । बाघको जंगली जनावरमाथि सिकार गर्ने गुण हट्दै जान्छ ।
बाघले सिकार गर्न पाएन भने उसको आहारको व्यवस्था हुन सक्दैन । जंगलमा आहार नपाउँदा बस्तीमा पस्ने या त जंगलमा घाँस दाउरा लिन जानेलाई आक्रमण गर्ने हुँदा बाघको आक्रमणबाट मृत्यु हुनुका साथै साहसिकहरू उसको पन्जाबाट फुत्केर फर्केका समेत छन् । तीमध्ये कतिपय मानिस अपाङ्ग भएर बस्नुपरेको छ । कसैको हात छैन, कसैको खुट्टा छैन, शारीरिक रूपमा अंगभंग भएर बाँच्नुपरेको छ ।
वन्यजन्तुको बासस्थानमा मानवबस्तीको विकास हुनाले यो अवस्था सिर्जना भएको अनुमान लगाउन गाह्रो पर्दैन । क्रमशः जनसंख्या बढ्दो रूपमा छ । जमिन जस्ताको तस्तै छ । त्यसैले वन क्षेत्र नै अतिक्रमणको चपेटामा पर्छ । विगतको त्यो विशाल वन क्षेत्रमा अहिले मानव बस्ती छ । वन विनाशतर्फ गइरहेको छ । जंगललाई अतिक्रमण गरी घर, बस्ती, जग्गाका रूपमा परिणत भएका छन् । यसबाट वन्यजन्तुको बासस्थान साँघुरिँदै गएको छ ।
बाघको संरक्षणका लागि ठूलो जङ्गल चाहिने भएकाले अन्य पशुपन्छीको संरक्षणमा पनि मद्दत पुगिरहेको हुन्छ । पहिला बाघको संरक्षण गर्नका लागि ठूलो जङ्गलको सदुपयोग हुनुप¥यो, अनि मात्र गाउँ–गाउँमा पस्न पाउँदैन र आक्रमणका घटना पनि हुन पाउँदैन । निकुञ्ज आसपासका बस्तीलाई पनि अन्यत्र सार्न सकिन्छ । स्थानीयहरू पनि जंगलमा जाँदा एक्लै–एक्लै नगई समूह बनाई जंगलमा घाँस दाउरा गर्न गएको खण्डमा ती हिंस्रक जनावरको आक्रमणबाट बच्न सकिन्छ । त्यस कारण विभिन्न घटनाहरूबाट पाठ सिक्दै जंगली जनावरको बासस्थानलाई संरक्षित क्षेत्र बिस्तार गर्न ढिलो गर्नु हुँदैन । यति ग¥यो भने स्थानीयलाई पनि डर–त्रासमुक्त हुन सक्छ । मानिसहरू जंगलमा घाँस–दाउरा गर्न जाँदा पनि डर हुँदैन, ढुक्कले जान पाउँछ । यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । जंगली जनावरलाई पनि राम्रो बस्तीको विस्तार हुन्छ, स्वतन्त्र रूपमा जंगलमा रमाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्