कक्षा १० मा पनि डीएभी उत्कृष्ट «

कक्षा १० मा पनि डीएभी उत्कृष्ट

शैक्षिक सत्र २०१८–१९ मा सीबीएस ई बोर्डद्वारा सञ्चालित कक्षा १० को बोर्ड नतिजामा डीएभी सुशील केडिया विश्व भारती विद्यालयले विगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको जनाएको छ । डीएभी विद्यालयका आदित्य अग्रवालले ९८.६ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेका छन् ।
दोस्रो स्थानको लागि अर्पित खेतानले ९६.८ प्रतिशत प्राप्त गरे भने आयुश श्रेष्ठले ९६.४प्रतिशत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् । डीएभी विद्यालयबाट सहभागी कुल १४८ परीक्षार्थीमध्ये ३९ जना विद्यार्थीेहरूले ९०प्रतिशत प्रतिशतभन्दा माथिको नतिजा निकालेका छन् भने सहभागी सबै परीक्षार्थी उत्तीर्ण भएका छन् । दुई दिनअघि प्रकाशित सीबीएसई कक्षा १२ को बोर्ड नतिजामा समेत डीएभी विद्यालयले नेपालबाट अहिलेसम्मकै रेकर्ड तोड्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्