अन्तर्राष्ट्रि बजारमा मूल्य बढ्दा मल ल्याउन सकिएन : मन्त्री यादव «

अन्तर्राष्ट्रि बजारमा मूल्य बढ्दा मल ल्याउन सकिएन : मन्त्री यादव

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन् । मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताए ।
“अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छ र त्यो मूल्यवृद्धि गर्दाखेरी यस मन्त्रालयबाट मंसिर, फागुन महिनामा दुई लाख मेट्रिक टन ठेक्का ठेकेदारले लिइसकेको, मूल्यवृछि हुँदाखेरी दुई लाख मेट्रिक टन ल्याउनसक्ने अवस्था रहेन र त्यो ठेक्का रद्द गर्नुपर्ने भयो” उनले भने ।
उनले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरु नआउने समस्या भएको बताए । उनले ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने ? भन्नेमा छलफल भइरहेको बताए ।

मन्त्री यादवले पुरानो ऐन, कानूनले चाँडै मल उपलब्ध हुने स्थिति नरहेको पनि बताए । उनले मलको मूल्य पनि स्वचालित मूल्यमा निर्धारण हुनुपर्ने बताए ।
उनले धानको उत्पादन बढाउनका लागि यान्त्रिकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको बताए । मन्त्री यादवले प्रत्येक पालिकाहरुमा एक जना बिएस्सी एजी अध्ययन गरेकालाई राख्नसके किसानको खेती प्रणालीलाई परिवर्तन गर्न सकिने भएकाले स्थानीय तहहरुले त्यसो गर्नुपर्ने बताए । उनले हरेक पालिकाहरुले सामुहिक खेती प्रणाली र नमूना खेती सञ्चालन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्