बुधबार साँझ चन्द्रग्रहण «

बुधबार साँझ चन्द्रग्रहण

 

बुधबार खग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण नेपालबाट पनि देखिनेछ । यो चन्द्रग्रहण नेपालको काठमाडौंमा माघ १७ गते साँझ ५ः३३ मिनेटमा प्रारम्भ हुनेछ, तर यो दृश्य नेपालबाट देखिनेछैन । नेपालबाट चन्द्रग्रहण ६ः३६ मिनेटमा मात्र चन्द्रमा उदाउँछ र चन्द्रमा उदाउँदा नै चन्द्रग्रहण लागिसकेको हुनेछ भने रातिको ८ः५६ मा चन्द्रग्रहण समाप्त हुनेछ । यो ग्रहण नेपाललगायत भारत, चीन, मंगोलिया, जापान, मलेसिया, ताइवान, न्युजिल्यान्ड, अस्ट्रेलिया , अफ्रिकाका केही पूर्वी देशहरू, युरोप, रूस तथा अलास्काबाट देख्न सकिन्छ भने ब्राजिल, चिली तथा पश्चिमी अफ्रिकी मुलुकहरूमा बसोबास गर्ने मानिसहरूले यो ग्रहणको अनुभव लिन पाउनेछैनन् ।

चन्द्रग्रहण दुई किसिमका हुन्छन्— खग्रास चन्द्रग्रहण तथा खण्डग्रास चन्द्रग्रहण । बुधबारको चन्द्रग्रहण खग्रास चन्द्रग्रहण हो, अर्थात् यस दिन चन्द्रमाको पूरै भाग छेकिएको देखिन्छ ।

विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेका बेला गरेका थिए । खगोलविद् तथा वैज्ञानिकहरूका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर हो भन्न सकिन्छ । ग्रहणको प्रभाव केवल मानव जातिमा मात्र होइन, अपितु पशुपन्छीमा पनि प्रत्यक्ष असर परेको अनुभव गर्न सकिन्छ ।

धार्मिक जनहरू ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदीतट, कुण्ड आदिमा गई ग्रहण नुहाई शुद्घ हुने गर्छन् भने तान्त्रिकहरू तन्त्रको साधना तथा अघोरी मन्त्रहरूको साधना ग्रहणका बेला गर्दा सिद्घि हुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्ने गर्छन् ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरूलाई हाम्रो आँखाभित्र पस्न नदिन विभिन्न खालका सावधानी अपनाउनुपर्ने हुन्छ भने चन्द्रग्रहण जो–कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलीस्कोप, बाइनाकुलर, क्यामरा वा अरू कुनै सामग्रीले हेर्दा केही असर गर्दैन, चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानि–नोक्सानी पु¥याउने खालका किरणहरू आएका हुँदैनन् ।

यदि तपाईं धार्मिक हुनुहुन्छ र धर्ममा विश्वास गर्नुहुन्छ भने यही माघ १७ गते साँझ लाग्ने खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशि भएका मानिसले मात्र यो चन्द्रग्रहण हेर्न हुने बताइएको छ भने मेष, मिथुन, कर्कट, सिंह, वृश्चिक, धनु, मकर र मीन राशि भएका मानिसहरूले हेर्न नहुने बताइएको छ ।

चन्द्रग्रहणसम्बन्धी तथ्यहरू :  एक्काइसौं शताब्दीमा जम्मा ८५ वटा चन्द्रग्रहण पर्ने देखिन्छन् । यो चन्द्रग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ । नेपालमा चन्द्रग्रहण साँझ ६ः३६ बाट देखिन्छ । ग्रहणको समाप्ति राति ८ः५६ मा हुनेछ । यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया जापान, मलेसिया, ताइवान, न्युजिल्यान्ड, अस्टे«लिया, अफ्रिकाका केही पूर्वी देशहरू, युरोप, रूस तथा अलास्काबाट देख्न सकिन्छ भने ब्राजिल, चिली तथा पश्चिमी अफ्रिकाका मुलुकहरूमा बसोबास गर्ने मानिसहरूले यो ग्रहणको अनुभव लिन पाउनेछैनन् । यसै नाङ्गो आँखाले जो कोहीले पनि हेर्न हुन्छ । यसै वर्ष (सन् २०१७) अर्को खग्रास चन्द्रग्रहण साउन ११ गते शुक्रबार राति पनि लाग्दैछ ।

 जयन्त आचार्य                                                                                                             वरिष्ठ खगोलविद्

 

 

प्रतिक्रिया दिनुहोस्