बिमा सम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयनमा जोड «

बिमा सम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयनमा जोड

बिमा समितिले लुम्बिनी प्रदेश सरकारसँग बिमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले बिमा सम्बन्धी नीतिगत व्यवस्थाका साथ धेरै कार्यक्रमहरु ल्याएको र अब ती कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिने बताए ।
उनले बिमा कम्पनीहरुबाट बिमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासाहरु आउने गरेको उल्लेख गर्दै समयमै सहजरुपमा बिमा दावी पाउने व्यवस्था गर्न र बिमा कम्पनीहरुमा सुशासन कायम गर्न आग्रह गरे । उनले बिमाको दायरा विस्तारका लागि बिमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन र बिमा समितिको प्रदेश कार्यालय विस्तार गर्न पनि आग्रह गरे ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले विपद्का समयका लागि छुट्याएको रकमबाट नागरिकको जीवन तथा सम्पत्तिको बिमा गर्न सकिने र त्यसरी गरिएको बिमाबाट नै विपद्का समयमा हुने क्षतिको क्षतिपूर्ति हुने बताए ।
अध्यक्ष सिलवालले प्रदेश सरकारले नागरिकका साथै सरकारी सम्पत्तिको बिमा गराउन पहल गर्नुपर्ने उल्लेख गर्दै बिमालाई सेवा प्रवाहसँग जोडेर पनि बिमाको पहुँच विस्तार गर्न सकिने बताए । कार्यक्रममा बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बिमा सम्बन्धी समग्र विषयवस्तु समेटिएको प्रस्तुती दिएक थिए ।

प्रतिक्रिया दिनुहोस्