आमाको मृत्युपछि बिचल्ली, पाँच बालबालिकाको बिचल्ली

आमाको २८ वर्षकै उमेरमा निधन भयो भएपछि पाँच बालबालिकाको बिचल्लीमा परेका छन् भने बुबाले अर्को विवाह गरेर कान्छी श्रीमतीको साथमा भारत गएपछि बालबालीका बेसाहारा भएका छन् ।
पाँच जनामध्ये सबैभन्दा ठूलोको उमेर मात्र १३ वर्ष छ भने अरू कलिला भाइबहिनीको स्याहार गर्न मुगु छायानाथ रारा नगरपालिका–११ रोवा गाउँका १३ वर्षीय विसाल दमाई सक्दैनन् । गाउँमा मागेर ल्याएको चामल, पीठो हजुरबुबाले जसोतसो पकाउँछन् । बिहान बेलुकाको छाक टरेको छै कहीले काही साना भाई बहीनी खाना खान नपाउदा रुदै दिन बिताउर्ने गरेका छन् ।
आमा काली दमाईको गत पुस १५ गते उपचारका क्रममा जिल्ला अस्पताल मुगुमा मृत्यु भएको थियो । कालीले २८ वर्षकै उमेरमा पाँच सन्तानलाई जन्म दिएकी थिइन् । १३ वर्षीय विसाल, ९ की अस्मिता, ६ का नरेश, ४ की पार्वती र १८ महिनाका श्रीखण्डको अहिले सहारा भनेकै ७४ वर्षीय हजुरबुबा हरियो दमाई हुन् । पत्नीको मृत्युपछि पति ४० वर्षीय जसरखर दमाईले दोस्रो विवाह गरेका थिए । तर, उनीहरू कलिला नाबालकलाई छाडेर भारत पलायन भएको हजुरबुबा हरियो बताउँछन ्। घरमा कमाउने कोही नहुँदा अहिले उनीहरूलाई बिहान–बेलुकीको छाक टार्न पनि मुस्किल परेको छ । दमको ब्याथाले सताईरहेको छ टाढा टाढा हिँड्न सकिँदैनन् भारी भोक्न सकिँदैन बिहान बेलुका दिनमा सबैभन्दा बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउने गरेको बाजे हरियो दमाईले बताए ।

विद्यालयमा पढ्नका लागि अति आवश्यक पाठ्यपुस्तक र कापीकलम नहुँदा पनि उनीहरू बिचल्लीमा परेको फुपू जौमती नेपालीले बताइन् । तीन लाख ऋण गरेर बुहारीको उपचार गर्न काठमाडौं पु¥याएर उपचार पछि घर फर्खंदै गर्दा बीच बाटोमै उनमा थप समस्या देखिएको नेपालीले बताइन् । यसै क्रममा थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ठिनीमा लैजाँदा लैजाँदै काली दमाईको मृत्यु भएको थियो । त्यसपछि पारिवारिक अवस्था झनै बिग्रिएको जौमती बताउँछिन् । दमाईको सम्पत्तिको नाममा दुई हलमा पाखोबारी छ । घरमा काम गर्ने मान्छे कोही नभएपछि त्यो पनि बाँझिएको छ ।
१८ महिने नाति बाहेक अरू चार जना स्कुल जाने भए पनि किताब कापी झोला नभएर खाली हात नै स्कुल जाने गर्छन् । उनको ठूलो नाति कक्षा ६ मा पढ्छन् भने अरू सबै कक्षा १ मा पढ्छन् । आफूसँग पैसा नहँुदा कसैलाई पनि कापी, कलम र झोला किन्न नसकेको हजुरबुबाले बताए । ‘म आफैं पनि बेला–बेलामा बिरामी हुन्छु। बिरामी परेका बेला नातिनातिनाहरू भोकै हुन्छन उनले भने। ‘हामीलाई बुढा हजुरबुवाले हेर्नुहुन्छ’, जेठो नाति विसाल दमाईले भने, ‘हामी चार जना विद्यालय जान्छौं । तर, हामीसँग लेख्ने कपी, कलम, झोला र विद्यालयको पोसाक किन्ने पैसासमेत नभएकाले खाली हात नै जानुपर्ने बाध्यता छ ।’