विदेश जानका लागि म्याग्दीमा सम्बन्ध विच्छेद गराउने बढे

म्याग्दीमा सम्बन्ध बिच्छेद गराउनेहरूको सख्ंया बढेको छ । वैवाहिक सम्बन्धमा उतारचढाप आएपछि अदालतमा पुगेर वैवाहिक सम्बन्धलाई अन्त्य गर्नेहरूको सख्ंया बढ्दै गएको हो । सम्बन्ध विच्छेदको संख्या बढ्नु वैदेशिक रोजगारी पनि अर्को कारण रहेको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को असार १० गतेसम्म जिल्ला अदालत, म्याग्दीमा ३०५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतमा दर्ता भएका कुल मुद्दामध्ये आधा बढी नै सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका स्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, चालू आवमा जिल्लामा कुल ६ सय ३ मुद्दा दर्ता भएका छन् । दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये जम्मा २६ थान मात्रै अंश दाबी गरिएको छ । अन्य अधिकांश मुद्दाहरू अदालतबाट सम्बन्ध विच्छेदको कानुनी प्रमाणका लागि आउने गरेको देखिएको छ । दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामध्ये २ सय ६४ थान फैसलासमेत भइसकेको जिल्ला अदालतले जनाएको छ ।
‘म्याग्दीमा सम्बन्ध विच्छेदका घटनाहरू तीन किसिमका भेटिएका छन्, विदेश जाने प्रयोजनका लागि कानुनी कागजात मिलाउन सम्बन्ध विच्छेद गर्नेको सख्ंया ठूलो छ, त्यसपछि वैदेशिक रोजगारिका कारण महिला–पुरुषको व्यक्तिगत कमजोरीले सम्बन्धमा आउने उतारचढाप र अर्को सँगै भएर पनि सम्बन्धमा विश्वासको संकट देखापरेपछि सम्वन्ध विच्छेद गरेका छन्,’ स्रेस्तेदार पौडेलले भन्े ।

चालू आर्थिक वर्षमा अदालतमा लेनदेनका ४६, अंशमा ४४, जबर्जस्ती करणीमा २३, सवारी ज्यानमा १५, चेक अनादरमा १३, कर्तव्य ज्यानमा ९, ज्यान मार्ने उद्योगमा ९, जालसाजमा ८ वटा, घरेलु हिंसामा ७ मुद्दा दर्ता भएका छन् । लेनदेनमा ४६ थान, अंशमा ४४ थान, जवजमा २३ थान । १५ थान सवारी ज्यान, कर्तव्य ज्यानमा ९ थान छन् । जिल्ला अदातलमा मुद्दा दर्ता हुने सख्ंया हरेक वर्ष बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको असार पहिलो सातासम्ममा जिल्लामा कुल ६०३ वटा मुद्धाको लगत संकलन भएको छ । आर्थिक बर्ष २०७६/७७ मा ३३१ र ७७/०७८ मा ४३६ वटा मुद्दा दर्ता भउका थिए । मुद्दा दर्ताको लगत सँगै फछ्र्यौट हुने दर समेत बढ्दै गएको छ । आर्थिक बर्ष २०७६/७७ मा १७८ र ०७७/०७८ मा २४५ वटा मुद्धा फछ्र्यौट भएका थिए । चालु आर्थिक वर्षमा ४ सय ४८ थान फैसला भइसकेको जनाइएको छ ।
यो वर्षमा करिब ५ सय थान दर्ता हुने र ३५० थान फछ्र्यौट गर्ने वार्षिक अनुमानित लक्ष्य रहेकोमा मुद्दा दर्ता ६०३ थान भएको र ४४८ थान फैसला भइसकेको छ । जिल्ला अदालतमा अहिले एक वर्ष समय नाघेका मुद्दा जम्मा ३० वटा मात्रै छन् ।