कुलुङेले खनेको कुलोले सिञ्चित हुनुहोस् «

कुलुङेले खनेको कुलोले सिञ्चित हुनुहोस्

‘कुलुङेले कुलो खन्यो,
थुलुङेले थुन्यो,
सोताङेले सोध्यो,
खालिङेले खोल्यो ।’
स्वर्गीय डा. हर्क गुरुङले माथिको लोकगीत पूर्वमा प्रचलित रहेको भनी आफ्नो पुस्तक ‘जनजाति सेरोफेरो’ मा उल्लेख गर्नुभएको छ । निश्चय नै सो लोकगीतले कुलुङहरू सुरुदेखि नै सकारात्मक सोच भएका वा हरहमेसा परोपकारी भावनाले ओतप्रोत रहेको भन्ने संकेत गर्छ ।
जेसुकै होस्, ऊ बेला हाम्रा पिता–पुर्खाहरूमध्ये कुलुङेले खनेको कुलो थुलुङेले थुने तापनि, सोताङेले सोधे तापनि, खालिङेले खोले तापनि अब हामीले विगतको लोकगीत र लोककथाहरूलाई नै सधैंभरि सम्झेर, आधार मानेर मनोमानिल्य गर्नु हुँदैन, तुस र ईख पनि लिनु हुँदैन । बरु आजको २१ औं जमानाको मागअनुसार हामी चल्नुपर्छ । हुन पनि ‘कुलुङेले कुलो खन्यो…’ भन्ने सन्दर्भ यहाँ किन पनि जोड्न खोजेको हो भने कुलुङ समुदायका अगुवाहरूले सार्वजनिक रूपमै (वि.सं. २०५७÷०५८ देखि) राई जात वा जाति होइन भनी आवाज उठाउँदै आएको हो, जनवकालत र आन्दोलनहरू गर्दै आएको हो । यद्यपि हामीलाई नेपालका अरू जात, जाति, धर्म, वर्ग वा समुदायका मान्छेले चिन्ने भनेको राईले नै हो, यो पक्षलाई ठाडै अस्वीकार गर्न सकिँदैन ।
जसले जति नै अकबरी सुनले कसी लगाउन खोजे तापनि सुरुमा राई शब्दले जात वा जाति जनाउँदैनथ्यो, पद–पदवी वा पगरी मात्रै जनाउँथ्यो । साथै, राई शब्दको व्युत्पत्ति ‘राया’÷‘राय’ हो । इतिहासकारहरूका अनुसार नेपालमा राया÷राय शब्दको प्रयोग सुरुमा कर्णाली प्रदेशबाट भएको मानिन्छ । जुन राया÷राय शब्दले राजा भन्ने अर्थ जनाउँथ्यो । पछि पूर्वमा पनि सेनहरूले स्थानीय प्रभावशाली किरातीहरूलाई सोही राया÷राय पद–पदवी वा पगरीलाई नै प्रयोगमा ल्याए । जुन राया÷राय सेनहरूले प्रधानमन्त्री वा मन्त्रीको रूपमा प्रयोग गरे । राया÷रायको अपभ्रंश नै राई हो । राईको अर्को रूप वा अर्थ जिम्मावाल वा तालुकदार÷तालुकदारी पनि हो । अभैm पनि गाउँघरमा पहिले त्यसरी राई अर्थात् जिम्मावाल वा तालुकदार÷तालुकदारी पाएका सन्तानहरूलाई फलानो जिम्मावाल वा तालुकदार÷तालुकदारीका छोरा, छोरी, नाति, नातिनी भनी बोलाउने चलन हटिसकेको छैन ।
तर, ‘जो होचो उसैको मुखमा घोचो’ भनेभैmँ सुरुमा यो पंक्तिकारलगायत कुलुङका अन्य अगुवाहरूले सार्वजनिक रूपमै राई जात वा जाति होइन भनी लेखेर, बोलेर, जनवकालत गरेर, राजनीतिक दल र तिनका नेताहरूसँग भेटघाट गरेर लबिङ गर्दा र कुलुङ जातिलाई पनि नेपालका अन्य जातिसरह मान्यता दिनुप¥यो भनी माग राख्ने, नेपालका मानव अधिकारवादीहरू र मानव अधिकार क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रमुखहरूसँग भेटेर कुलुङ जातिलाई जबरजस्ती राईकरणमा पारिएको हुनाले हामीलाई अलग्गै जातका रूपमा मान्यता दिनुप¥यो भनी वकालत गर्दा उल्टै तिमी कुलुङे ढाक्रेहरू, कोदोको ढिडो खान नपाउने… भनी गाली गर्ने काम भयो, अनेक खाले धाक–धम्कीहरूको सामना गुर्नप¥यो, अर्को पक्षबाट । तापनि हामी (कुलुङहरू) ले हामी को हौं÷म को हुँ ? आपैmंले भन्ने वा घोषणा गर्ने हाम्रो सामूहिक र व्यक्तिगत मानव अधिकार, मौलिक हक आदिका लागि लडिरहेकै छौं, लडि नै रहनेछौं ।
अभैm पनि हामी (कुलुङका अगुवाहरू) लाई राई फुटाउने तिमीहरू कुलुङे ढाक्रे भनी गाली गर्दै बस्नुभन्दा हामी कुलुङले जस्तै बान्तवा, चाम्लिङ, बाहिङ, मेवाहाङलगायत राईकरणको मारमा परेका सबै किराती जातिहरूले आआफ्नो असली जातीय स्वपहिचानले चिनिने प्रयास गर्नुहोस् । आउनुहोस्, अब ढिला नगरौं, विगतका तीता–मीठा घटनाहरू, कालक्रमहरू, घोच–पेचहरू, ठेँ–ठेँहरू, तँ ठूलो कि म ठूलो भन्ने अहंहरू, तँ सही कि म सही भन्ने लिँडे ढिपी, ठालुपन र अहंलाई हामी सबैले सधैंका लागि त्यागेर÷बिर्सेर कुलुङेले खनेको कुलोले तपाईं–हामी सबैसबै सिञ्चित होऔं । त्यसको फल अवश्य नै हाम्रा सन्तान–दरसन्तानले खान पाउनेछन् । अन्यथा के हुने हो ? अहिले नै भन्न सकिने अवस्था छैन ।
त्यसैले विगतमा जानेर÷नजानेर अथवा आफ्नो नामको पछाडि राई लेख्दा ठूलो मान्छे होइन्छ भनेर राई लेख्दै, भन्दै आएका र राईकरणको मारमा परेका सबै किरातीलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस्