सुनचाँदी व्यवसायसम्बन्धी कानून ल्याउन व्यवसायीको माग

नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माण गर्नसरकारसँग माग गरेको छ ।
महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका पदाधिकारीसँग भेट गरी सुनचाँदी ब्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको भन्द ैतत्काल व्यवस्था गर्न माग गरेको हो ।

उनीहरुले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध व्यवसायी मर्कामा पर्दै आएको गुनासो गरेका छन् । कानून निर्माणका लागि ब्यवसायीका तर्फबाट बारम्बार सम्वन्धित निकायाको ध्यानाकर्षण गराउँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्र समस्या परेको महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।