विपद व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः गृहमन्त्री खाँण «

विपद व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले विपत व्यवस्थापनमा क्षेत्रमा सरकार गम्भिर भएर काम गरिरहेको बताएका छन् ।
गृहमन्त्री खाँणले विपद व्यवस्थापनका लागि क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार रहेको पनि बताए । नेपाल व्यावसायिक पहलेल काठमाडौंमा गरेको कार्यक्रममा गहृमन्त्री खाँणले सरकार, दातृ निकायसँगको सहकार्यमा वृहत कोष खडा गरी आवश्यक प्राविधिक सहयोग समेत लिने तयारीमा रहेको बताए । उनले जुनसुकै विपद्का अवस्थामा सहयोग र सहभागिताका लागि निजी क्षेत्रलगायतका सरोकारवालालाई आग्रह गरे ।
पहलका अध्यक्ष कुशकुमार जोशीले सामाजिक, आर्थिक रुपान्तरण, स्वच्छ व्यवसाय प्रवद्र्धन एवं सामाजिक उत्तरदायित्वको क्षेत्रमा डेढ दशकदेखि क्रियाशिल राष्ट्रिय व्यवसायिक पहलले विपत हिसावले नेपाल जस्तो अन्त्यन्त जोखिमयुक्त देशमा जोखिम न्युनीकरणका क्षेत्रमा संलग्न भई कार्य गर्नु अपरिहार्य भएको रहेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग आफूहरु सहकार्य गरी अघि बढिरहेको बताए ।

विपदका कारण हुने मानवीय क्षति न्युनीकरणका लागि समयमै सरकार गम्भिर हुनुपर्नेमा जोड दिँदै अध्यक्ष जोशीले यसका लागि साझा संयन्त्र निर्माण गरी पूर्व तयारी, प्रतिकार्य र राहतका कार्यहरु सम्बन्धी ठोस योजना तयार गरी निरन्तर र दिगो रुपमा अघि बढ्न सरकारलाई सुझाव दिए ।
उनले समुदायको क्षमता अभिवृद्धि, वितरण प्रणाली, श्रोत व्यवस्थापन, बहस पैरवी, सूचना, संस्थागत क्षमताको अभिवृद्धि गरी विपद्को प्रभाव न्युनीकरण गरी स्वतन्त्र र समुन्नत समाजको निर्माणमा जोड दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्