विद्यार्थी सफल हुन दक्षताको पहिचान आवश्यक : डा.साहनी «

विद्यार्थी सफल हुन दक्षताको पहिचान आवश्यक : डा.साहनी

भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा. सञ्जीव पी. साहनीले विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउनुपर्ने बताएका छन् ।
कम्पिटेन्सी म्यापिङ प्रविधिमार्फत विद्यार्थीबीच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमता अभिवृद्धि गर्ने बारे डा. साहनीले विस्तृतमा बताएका छन् । त्यस्तै विद्याार्थीको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलतालाई कसरी उनीहरूको व्यवहार सम्बन्धी स्टिमुलाइले पार्ने प्रभावबारे पनि उनले जानकारी दिएका छन् ।

पछिल्ला वर्षहरूमा डा. साहनी जस्ता अन्वेषक र व्यवहार वैज्ञानिकहरूले विद्यार्थीको कार्यसम्पादन मापनका लागि एक मुख्य तत्वको रूपमा दक्षताहरू पहिचान गर्नुपर्नेमा विशेष ध्यान केन्द्रित गरेका छन् । उनले विद्यार्थीको शैक्षिक तथा सामाजिक कार्यसम्पादनमा सुधार गर्न श्रव्य दृश्य इन्फोटेनमेन्ट, सबलिमिनल ट्रेनिङ, ध्यान, स्पिड रिडिङ र मेमोरी गेमजस्ताउपायहरू प्रयोग गर्नुपर्नेमा जोड दिए ।
साहनीले ५० भन्दा बढी देशका २ लाखभन्दा बढी विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारी, उद्योग व्यवसायीलाई योग्यता नक्सा, व्यावसायिक सञ्चार, निर्णय लिने क्षमता, तनाव व्यवस्थापनलगायतका विषयमा शिक्षण अभ्यास सम्बन्धी तालिम दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्