नबिल एसईईलाई सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड «

नबिल एसईईलाई सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड

नबिल बैंकले नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत ‘नबिल स्कुल’ वा ‘सामाजिक उद्यमशीलता नबिल एसईई’ हरूलाई अवार्ड प्रदान गरिएको छ ।
कायक्रमको पहिलो ब्याचका २० फेलोहरूले सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड प्राप्त गरेका छन् ।
नेपाल उद्योग परिसंघअन्तर्गतको ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२’ मा नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० सहभागीलाई सामूहिक रूपमा अवार्ड प्रदान गरिएको हो ।

७ चैत २०७८ देखि सुरु गरिएको पहिलो ब्याचको फेलोसिप कार्यक्रमअन्तर्गत देशभरका ३५० आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिएको छ । फेलोसिप कार्यक्रमका सहभागीले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफीशप सञ्चालनलगायत क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । उक्त कार्यक्रमअन्तर्गत सात नेपाली स्टार्टअपहरूले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्